अपराध

साथीको हत्या गरी फरार अभियुक्त ४ वर्ष पछि पक्राउ 

By खबरहब

March 20, 2024

काठमाडौं– साथीको हत्या गरी फरार रहेका अभियुक्त ४ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका- १ मा बस्ने २३ वर्षीय बुद्ध बोम्जन रहेको प्रहरीले जनाएको छ ।

बोम्जनलगायतले ललितपुर महानगरपालिका- ९ गुहे पोखरीमा २०७६ साल साउन २८ गते उदयपुरको कटारी नगरपालिका-२ गुराँस गाउँ घर भई बालकुमारीमा डेरा गरी बस्ने (मूर्तिको काम गर्ने) ३३ वर्षीय हरि खड्कालाई धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेको आराेपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाेम्जनलाई मकवानपुर गढी गाउँपालिका-१ बाट मंगलबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानुनी कारबाहीको लागी प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।