अपराध

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ 

By खबरहब

March 20, 2024

काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार एक जना प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोटको ककनी घर भई हाल काठमाडौंकाे गोकर्णेश्वर बस्ने ३८ वर्षीय विद्या गुरुङ रहेकी छन् ।

न्हुच्छे माया श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विद्या गुरुङ भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ साल असार १९ गतेको फैसलाले तिन दिन कैद र बिगो आठ लाख जरिवाना तोकी फरार रहेकी गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलबार जोरपाटीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।