समाचार

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

By खबरहब

April 20, 2024

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु भएको छ ।

आज देखी सुरु भएको सो बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधिले सहभागी जनाउँदैछन् । 

शनिबारदेखि सुरू हुने प्रतिनिधि परिषदको बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ । महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन् । उनले यस बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्नेसमेत बताए ।

बैठकमा मिसन ग्रासरुट संगठन सुदृढीकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरेको झुलाघाट–चिवाभज्याङ यात्राको समीक्षा हुने उनले बताए । 

यसैगरी आगामी दिनमा वार्षिक कार्ययोजनालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिएका छन् ।