समाचार

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

By खबरहब

April 20, 2024

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय नटिक्ने बताएका छन् । उनले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्ममा भत्किसक्ने दाबी गरे । 

शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । 

उनले भने, ‘कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका अगाडि भन्न सक्छु, अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईँहरूको बीचमा फेरि जवाफ दिन आउनेछु, ।’  

थापाले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको र राजनीतिलाई विकृत तुल्याएको बताए।  यस्तो गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको उनले बताए।

उनले भने, ‘त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई-हाई होइन बाइ-बाइ गर्ने बेला आएको छ,।’