समाचार

आगोको झिल्का सल्केर घरमा आगलागी

By खबरहब

April 20, 2024

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ ।

भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको झिल्का उछिट्टिएर भलुवहयिा टोलस्थित एक घरमा सल्केको प्रहरीले जनाएको छ ।

भलुवहिया टोलमा लागेको आगलागीबाट कुखुरा फर्म र केही घरहरू पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनायो । आगलागीबाट भएको क्षतिबारे विवरण आइनसकेको मिर्जापुर प्रहरी चौकीले जनाएको छ । 

प्रहरीका अनुसार अहिले प्रहरी, स्थानीयबासिन्दा तथा दमकलको सहयोग आयो नियन्त्रणमा लिने कार्य भइरहेको छ ।