खेलकुद

विराटनगर मिल्स गोल्डकपको सेमिफाइनलमा

By खबरहब

April 20, 2024

मोरङ । पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदनमा आज भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २-० गोल अन्तरले हराउँदै पेमा युवा क्लब विराटनगर सेमिफाइनमा पुगेको हो ।

जितका लागि विराटनगरको तर्फबाट बिजु भुजेलले दुई गोल गरे । खेलको म्यान अफ द म्याच घोषित भई भुजेलले नगद रु तीन हजार प्राप्त गरे ।

खेलको दोस्रो हाफको ५५औँ र ६२औँ मिनेटमा भुजेलले दुई गोल गरी टिमलाई अग्रता दिलाएका थिए । उनकै गोलले टिम सेमिफाइनलमा पुग्न सफल भयो ।

चौथो संस्करणको रुपमा सञ्चालित प्रतियोगितामा आइतबारको खेलमा टिडब्लु विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीच प्रतिस्पर्धा हुनेछ ।