समाचार

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

By खबरहब

May 20, 2024

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको मतदानमा ओलीले २१८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले २०३ मत पाए ।

यस्तै, उपाध्यक्षमा जनककुमार बोहरा, सचिवमा काशीबहादुर विक, उपसचिव खुला) मा हरिबहादुर रोकाया, उपसचिव (महिला)मा राजकला सार्की विजयी भएको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिए ।

यही जेठ १ गतेबाट सुरु भएको आठौँ अधिवेशनमा चार सय ३९ जना प्रतिनिधि थिए । जसमा ४२५ मत खसेको थियो ।

पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ ।