देश/प्रदेश

कांग्रेस बैठकका कारण कार्यव्यवस्था समितिको बैठक प्रभावित

By खबरहब

May 20, 2024

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ ।

बिहान साढे १० बजेका लागि परामर्श समितिको बैठक बोलाइएको भए पनि कांग्रेस प्रमुख सचेतक दलको बैठकमा रहेकाले कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ भएको हो ।

कार्यव्यवस्था समितिको बैठक हिजो नै दिइएको सभामुखको सचिवालयले जनाएको छ । कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु आए लगत्तै बैठक सुरु हुने सचिवालयले जनाएको छ ।

बिहान सवा १० बजे सुरु भएको कांग्रेस संसदीय दलको बैठक जारी छ ।