फाइल फोटो

आर्थिक

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

By खबरहब

May 20, 2024

काठमाडौं- नेपाली बजारमा  सोमबार सुनकाे मूल्य बढेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ४० हजार ९०० सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।  जुन हाल सम्मकै उच्च मूल्य हो ।

यस्तै, तेजाबी सुन आइतबार एक लाख ४० हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार एक सय रुपैयाँ निर्धारण गरिएको महांघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा ३० रुपैयाँले बढेको छ । आइतबार चाँदी एक हजार ९ सय १० रुपैयाँमा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० रुपैयाँ निर्धारण भएको छ ।