समाचार

संसद्‍मा रोकिएन कांग्रेसको अवरोध र नाराबाजी (तस्बिरहरू)

By खबरहब

May 20, 2024

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।

सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेमाथि छानबिन माग गर्दै केही महिनायता आन्दोलित कांग्रेले सोमबार पनि नाराबाजी र वेल घेराउ गरेको हो ।

सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ ।

तर प्रमुख प्रतिपक्षी कांग्रेसले विश्वासको मत लिन एक महिना समय रहेको अवस्थामा प्रधानमन्त्रीले हतार गर्नु गलत हुने बताएको छ ।