राजनीति

कांग्रेसको आरोप : सभामुख सत्तारुढ दलका रबर स्ट्याम्प भए

By खबरहब

May 20, 2024

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे सत्तारुढ दलको रबर स्ट्याम्प बनेको आरोप लगाएको छ ।

कांग्रेसको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसद् भवनबाटे यस्तो आरोप लगाएका हुन् ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधबीच सभामुखले प्रक्रिया अगाडि बढाएपछि शर्माले उनलाई रबर स्ट्याम्प भनेका हुन् ।

कांग्रेस सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिररहेका बेला शर्माले सभामुख घिमिरेलाई भनेका छन्, ‘संसद्‌मा आज सभामुख देखिनँ । देखिरहेको छु (रबर स्ट्याम्प) बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्रै ।’