फाइल फोटो

समाचार

गृहमन्त्री लामिछानेलाई कारबाही गर्न सांसद गुरुङको माग 

By खबरहब

May 20, 2024

काठमाडौं- कांग्रेस उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई कारबाहीको माग गर्दै संसद्‌मा निवेदन पेश गरेका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्रीले सर्वोच्च अदालतले १६ वर्ष पहिले गरेको फैसलामाथि धावा कुटनैतिक राहदानी सम्बन्धी संसद्‌मै मिथ्या आरोप लगाएको भन्दै उनले सभामुख देवराज घिमिरेलाई सो निवेदन बुझाएका हुन ।

 उनले भनेका छन् ‘देशको गृहमन्त्रीले अनैतिक रुपमा तथ्यहीन कुरा गर्दा संसद्को अवहेलना हुन पुगेको छ । उहाँले बोलेका कुराहरू पुष्टि गर्न म उहाँलाई चुनौति दिन चाहन्छु । पुष्टि नभएमा उहाँमाथि कारबाहीको माग गर्छु । ‘