राजनीति

एकपछि अर्को माग थपेर कांग्रेसले संसद्‍लाई बन्धक बनायो : कानुनमन्त्री

By खबरहब

May 20, 2024

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एकमाथि अर्को माग राखेर कांग्रेसले संसद्‍मा बाधा पुर्‍याएको आरोप लगाएका छन् ।

संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गिरीले प्रतिपक्षीको मागलाई ध्यानमा राखेर संसदीय छानबिन समिति बनाउन सहमति भइसके पनि कांग्रेले अड्को थापेको बताए ।

एकमाथि अर्को माग राखेर कांग्रेसले संसदको कामकारवाहीलाई बाधा गरिरहेको पनि गिरीले बताए ।

संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिँदा कांग्रेसले गरेको अवरोध गैरलोकतन्त्रिक र असंवैधानिक रहेको उनले बताए ।

संसदीय समिति बनाउन कार्यदलले सहमति खोज्ने प्रयास गर्दा कांग्रेसले सदन अवरोध गर्न नहुने पनि उनले बताए ।

कांग्रेसले गरेको निर्णय त्रुटीपूर्ण रहेकाले यसलाई सच्चाउनुपर्ने जिकिर गिरीले गरेका छन् ।