समाचार

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो- जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनुभयो ?

By खबरहब

May 20, 2024

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जंगलबाट राजनीतिक दलमा स्थापित गरेको स्मरण गराएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा कांग्रेसलाई चुनौती दिँदै मूल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिँदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको बिर्सेको टिप्पणी गरे ।

लेखकले संसद्‌मा भएको गतिविधि संसदीय मूल्य र मान्यता विपरित भएको बताउँदै आफूहरू यसको विरुद्ध लड्ने बताए । 

उनले कांग्रेसलाई कुनै किसिमको चेतावनी दिन बन्द गर्न सुझाव दिँदै लेखकले कांग्रेस कसैसँग डराउने पार्टी नभएको बताए ।