तस्बिर : एएफपी

अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति जुमा चुनावका लागि अयोग्य रहेको अदालतको ठहर

By खबरहब

May 20, 2024

काठमाडौं दक्षिण अफ्रिकाको सर्वोच्च अदालतले सोमबार पूर्वराष्ट्रपति ज्याकोब जुमालाई आगामी निर्वाचनमा भाग लिन अयोग्य भएको फैसला गरेको छ ।

निर्वाचन आयोगले जुमालाई उम्खोन्टो वेसिज्वे (एमके) पार्टीको मनोनित  उम्मेदवारको सूचीमा रहन अनुमति दिने निर्वाचन अदालतको आदेशको अपिलपछि अदालतको यस्तो फैसला आएको हो ।

जुमालाई अपराधको दोषी ठहर गरी  १२ महिनाभन्दा बढीको जेल सजाय सुनाइएको थियो । त्यसै अनुसार जुमा राष्ट्रिय सभाको सदस्य हसनका लागि चुनावमा  भाग लिन अयोग्य भएको संवैधानिक अदालतले आफ्नो फैसलामा  उल्लेख गरेको छ ।  

फैसला अनुसार निर्वाचन अदालतको आदेश खारेज गरी जुमा र एमके पार्टीको आवेदन  समेत खारेज गरेको छ ।

सन् २०२१ मा अदालतको अपमानको आरोपमा १५ महिनाको जेल सजाय सुनाइएका जुमालाई एमके पार्टीले चुनावका लागि उम्मेदवारको रूपमा मनोनित गरेको थियो । दक्षिण अफ्रिकामा मे २९ का  लागि राष्ट्रिय तथा स्थानीय निर्वाचनको मिति तय भएको छ ।