अन्तर्राष्ट्रिय

लाओसमा धुम्रपानले वार्षिक छ हजार बढीको ज्यान जोखिममा

By खबरहब

May 20, 2024

काठमाडौं– धुम्रपानसम्बन्धी रोगले लाओसमा वार्षिक छ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 ‘लाओसमा हरेक दिन लगभग १८ जना व्यक्ति धुम्रपानसम्बन्धी रोगबाट मर्छन्, जुन एक वर्षमा छ हजार सात सय बराबर हो ।’ लाओसमा रेकर्ड गरिएका सबै मृत्युको १५ प्रतिशत धूम्रपानबाट हुन्छ ।’ मन्त्रालयअन्तर्गतको स्वास्थ्यको लागि सूचना र शिक्षा केन्द्रले स्वास्थ्यमन्त्री बोनफेङ फौममालेसिथलाई उद्धृत गर्दै भनेको छ । 

गम्भीर रोग, अपाङ्गता र चाँडो मृत्युको मुख्य कारण धूम्रपान र नजिकका मानिसहरूले ‘सेकेन्ड ह्यान्ड’ धूम्रपान भएको मन्त्री बोनफेङले बताए।

सुर्तीजन्य पदार्थको कर बढाउने, सबै प्रकारका सुर्तीजन्य पदार्थको विज्ञापनमा प्रतिबन्ध लगाउने, कार्यस्थल र सार्वजनिक स्थानहरूलाई धुम्रपानमुक्त बनाउने, धूम्रपान र सुर्तीजन्य पदार्थको सम्पर्कबाट हुने हानिबारे जनतालाई सचेत गराउने जस्ता प्रभावकारी सुर्ती नियन्त्रण उपायहरू भएमा धूम्रपानबाट हुने मृत्युलाई रोक्न सकिने रिपोर्टले उल्लेख गरेको छ ।