फाइल फोटो

समाचार

बालेनको चेतावनी : सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर उठ्दैन

By खबरहब

May 20, 2024

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित दलका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन् ।

काठमाडौं उपत्यकाको फोहोर ओसार्न प्रयोग हुने गाडीका ४ जना चालकलाई सरकारले पक्राउ गरेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

साहले भ्रष्टहरूलाई पक्राउ गर्न नसक्ने सरकारले फोहोर बोक्ने चालक पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

‘भ्रष्टहरूलाई समात्न सक्नु भएन, काठमाडौंको फोहोर बोक्ने गाडीका चारजना चालकलाई समात्नु भएछ,’ कान्स फिल्म फेस्टिभलमा भाग लिन अहिले पेरिसमा रहेका उनले फेसबुकमा लेखेका छन्, ‘जबसम्म ती चालकलाई स-सम्मान रिहा गरिन्न तबसम्म सिंहदरबार लगायत सबै दलका कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन । को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन ।’

सोमबार मात्रै मेयर साहले झापाको गिरीबन्धु टि-स्टेट जस्तै १०१ वटा कम्पनीले जग्गा सट्टाभर्नाको निवेदन दिएर ५० खर्बसम्मको खेलो फड्को गर्न लागेको जिकिरसहित अर्को पोस्ट हालेका थिए ।