समाचार

श्री एयरलाइन्सको भरतपुरमा परीक्षण उडान

By खबरहब

June 20, 2024

चितवन– निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ ।

एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा चितवनको भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको हो।

क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ श्री एयरलाइन्सको ८० सिट क्षमताको जहाज भरतपुर आएको हो । परीक्षण उडान भएसँगै अब श्रीले नियमित उडान गर्ने कम्पनीले जनाएको छ ।

अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गरेका छन् ।