समाचार

मधेश प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन साह

By खबरहब

June 20, 2024

जनकपुरधाम– मधेश प्रदेश सरकारको निति तथा योजना आयोगको उपाध्यक्षमा सोहन कुमार साह नियुक्त भएका छन् ।

साहलाई मधेश प्रदेशको मुख्यमन्त्री सतिस कुमार सिंहले निति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।

करिब एक दशकदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका साहले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।