जीवनशैली

बेकिङ सोडा प्रयोगका फाइदाहरू

By खबरहब

June 20, 2024

काठमाडौं– तपाई हामीले खाने केकमा प्रयोग हुने बेकिङ सोडाका अन्य धेरै उपयोगिता छन् । विशेष गरी बेकिङ सोडा विभिन्न प्रकारका केक, मफिन र पाउरोटीहरूमा प्रयोग गरिन्छ । तर यसको प्रयोग बेकरी आइटममा मात्र नभई विभिन्न रोग निको पार्नमा समेत प्रयोग गर्न सकिन्छ ।

घाँटी खसखस मनतातो पानीमा एक चम्चा बेकिङ सोडा हालेर मज्जाले फिट्ने र यसले कुल्ला गरेमा घाँटीको खसखस ठिक पार्छ ।

पत्थरी पानीमा बेकिङ सोडा मिसाएर पिउँदा पत्थरी बन्नबाट रोक्न मद्दत गर्दछ ।

पेटको अम्ल हटाउँछ बेकिङ सोडामा एन्टी–एसिड तत्व हुने भएकाले पानीमा हाल्दा फोका बन्छन् र यसलाई पिउँदा फुलेको पेट निको हुन्छ ।

शरीरका गाँठा शरीरमा परेका गाँठा पानीमा बेकिङ सोडा मिसाएर लगाउँदा हटेर जान सक्छ ।

कीराले टोकेको कीराले टोकेमा छाला नकन्याइ पानीमा बेकिङ सोडा हालेर टोकेको भागमा दल्दा लाभ मिल्दछ ।

हात धुन साबुनले हात धुनु भन्दा बेकिङ सोडाले धुँदा यसले हातको मैलो हटाउने मात्र नभई डियोडोराइज पनि गर्छ ।