अन्तर्राष्ट्रिय

केजरीवाललाई ठूलो राहत, अदालतले दियो जमानत

By खबरहब

June 20, 2024

काठमाडौं – मदिरा घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदातलले जमानत दिएको छ ।

दिल्लीको राउज एभिन्यू अदालतले बिहीबार केजरीवाललाई धराैटीमा जमानत दिएको हो । केजरीवालका अधिवक्ता विवेक जैनले जमानत दिएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

मुख्य मन्त्री केजरीवाल अहिले दिल्लीको तिहाड जेलमा छन् । केजरीवाललाई भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले मार्च २१ मा पक्राउ गरेको थियो। त्यसपछि सर्वोच्च अदालतले उनलाई १० मेदेखि १ जुनसम्म अन्तरिम जमानत दिएको थियो ।