समाचार

पाँचजना प्रहरी उपरीक्षकको काज सरुवा

By खबरहब

July 20, 2024

काठमाडौँ– नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयल नक्सालले अर्को आदेश जारी नभएसम्मका लागि प्रहरी उपरीक्षक अपिल राज बोहरा, वीरेन्द्र बहादुर शाही, राम प्रकाश शाह, रमेश थापा र हरिहर नाथ योगीको काज सरुवा गरेको हो ।

कार्यालयका अनुसार दरबन्दी जिल्ला प्रहरी कार्यालय तनहुँ रहेका बोहरालाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय सुर्खेत काज सरुवा गरिएको छ ।

यस्तै, शाहीलाई जिल्ला प्रहरी कार्यालय तनहुँ, शाहलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी थापालाई नेपाल प्रहरी प्रधान कार्यालय नक्साल र एसपी योगीलाई उदयपुर काजमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।