अन्तर्राष्ट्रिय

चीनमा राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु, तीस बेपत्ता

By खबरहब

July 20, 2024

बेइजिङ– उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा एघार जनाको मृत्यु भएको छ

 यस्तै सो घटनामा  तीस जनाभन्दा बढी बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले बताएका छन् ।

प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४०  बजेको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ । 

राजमार्गको पुल तल नदीमा खसेपछि लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएको छन्  ।  

हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो बताइएको छ । उत्तरी र मध्य चीनमा मंगलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरोबाट प्रभावित भएको छ ।

यस्तै शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको छ ।