फाइल फोटो

समाचार

राप्रपाले बोलायो संसदीय दलको बैठक

By खबरहब

July 20, 2024

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

आइतबार बिहान ११:३० बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेलगायत विषयबारे बैठकमा छलफल हुने बताइएको छ ।

स्रोतका अनुसार राप्रपाले ओलीलाई मत नदिने मनस्थिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिँदैछन् ।