फाइल तस्वीर

राजनीति

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

By खबरहब

July 20, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।

शनिबार बसेको राप्रपा निर्देशन समितिको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ ।

संविधान संशोधनको एजेण्डासहित नेपाली कांग्रेस र नेकपा (एमाले)ले निर्माण गरेको नयाँ सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भए पनि त्यसपछिका गतिविधिहरू विश्लेषण गर्दा विश्वासको मतको विपक्षमा मत दिनुपर्ने निष्कर्ष पुगेको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। उनी असार ३० गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

यसअघि नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले नै ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।