धर्म / संस्कृति

काठमाडौंको वसन्तपुरमा गाईजात्रा (तस्बिरहरु)

By खबरहब

August 20, 2024

काठमाडौं– काठमाडौं उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै छ । दिवङ्गत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउँदै यो पर्व मनाउने गर्दछन् ।

आज बिहानै बसन्तपुर र हनुमानढोका क्षेत्रमा गाईजात्रा पर्व मनाइएको छ । बालबालिकालाई गाईको नक्कल गर्न लगाई नगर परिक्रमा गराउने चलन पनि छ ।

साथै, कसैले गाई र कसैले बालबालिकालाई जोगीको भेष वा अनौठो भेषभुषामा नगर परिक्रमा गराउने चलन छ ।