अन्तर्राष्ट्रिय

पाकिस्तानमा ईश्वरको निन्दा गरेको अभियोगमा २५ वर्षको जेल सजाय

By खबरहब

August 20, 2024

काठमाडौँ– पाकिस्तानमा ईश्वरको निन्दाको आरोपमा दोषी ठहरिएका एक जनालाई २५ वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको हैदरवादमा रहेको जिल्ला अदालतले उनलाई सो सजाय सुनाएको हो ।

उनलाई पाकिस्तानी अपराध संहिताको धारा २६५-एच ९२० बमोजिम दोषी ठहर गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । जेल सजायबाहेक उनलाई ५ लाख पाकिस्तानी रुपैयाँ जरिवानासमेत तिराइएको छ ।

उक्त जरिवाना रकम तिर्न नसकेको खण्डमा उनले थप तीन महिना जेल बस्नुपर्ने सजाय सुनाइएको छ । सन् २०१८ मा आरोपीले बुहारा शहरमा केही मानिसहरूको अगाडि आफू ईश्वरको दूत भएको दाबी गरेको जनाइएको छ । पछि प्रत्यक्षदर्शीहरूले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।