आर्थिक

सुनको मूल्य एक हजार पाँच सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

By खबरहब

September 20, 2024

काठमाडौं– लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा  एक हजार पाँच सयले वृद्धि भएको छ ।

बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा ३५ ले वृद्धि भएको छ । 

बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।