ह्याट्रिकपछि हेरी क्यानको खुशी । तस्बिरः गेट्टी इमेज

खेलकुद

केनको ह्याट्रिकमा म्युनिख ४-० ले विजयी

By खबरहब

October 20, 2024

काठमाडौं – जर्मन बुन्डेसलिगको खेलमा हेरी केनको ह्याट्रिकमा वायरन म्युनिखले स्टुगार्टलाई ४-० ले पराजित गरेको छ।

वायरनका लागि किङ्स कोम्यानले थप एक गोल गरे। जोसुआ किमिचको पासमा ३० यार्डबाट प्रहार गर्दै ५७ औं मिनेटमा पहिलो गोल गरेका उनले त्यसको तीन मिनेटपछि दोस्रो गोल गरेका थिए।

८० औं मिनेटमा रिबाउन्डमा प्राप्त अवसरलाई उपयोग गर्दै उनले ह्याट्रिक पुरा गरेका थिए। वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका कोम्यानले अन्तिम गोल गरे। यस अघिका दुई खेलमा वायरनले बराबरी गरेको थियो।

शनिबार राति भएका खेलामा वायर लिभरकुसेनले इन्रिच फ्रान्कफर्टलाई २-१ ले, बोरुसिया मोन्चेनग्लेड ब्याहाचले हाइडेन हिमलाइ्र्र ३-२ ले, फ्रेइवर्गले अस्बर्गलाई ३-१ ले, होइफेनहामले बोचुमलाई ३-१ ले तथा आरपी लेपिजले किन्ज ५ लाई २-० ले हराए।