क्रिकेट

अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

By खबरहब

October 20, 2024

काठमाडौं – अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

तेस्रो क्रममा ब्याटिङमा आएका भुर्तेलले ३३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५३ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।

ओपनर आशिफ शेख चार बल खेलेर आउट हुँदा अर्का ओपनर अनिल शाहले साहले ३१ बलको सामना गर्दै २५ रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले १२ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा १९ रन जोडे । अहिले क्रिजमा कुशल र कप्तान रोहित पौडेल छन् ।

 

नेपालले एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा छ ।