फाइल तस्बिर

समाचार

एमाले सचिवालय बैठक बस्दै

By खबरहब

October 20, 2024

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्नेगरी बोलाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको कीर्तिपुरको जग्गाका विषयमा पनि छलफल हुनेछ ।

सो जग्गा प्रकरणमा एमाले नेताहरुका फरकफरक धारणा सार्वजनिक भएका छन् ।

पार्टी कार्यलय निर्माणका लागि भाटभटेनीका संचालक गुरुङबाट जग्गा र निर्माण सहयोग लिने भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको चौतर्फी आलोचना भइरहेको छ ।