म्यानचेस्टर युनाइटेड । तस्बिरः गेट्टी इमेल

खेलकुद

अग्रता तोड्दै म्यानचेस्टर युनाइटेडको जित

By खबरहब

October 20, 2024

काठमाडौं – एक गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलमा फर्किदै ब्रेन्टफोर्डलाई २-१ ले हराएको छ।

पहिलो हाफको इन्जुरी समयमा एथान पिनको विवादास्पद हेड गोलमा म्यानचेस्टर पछि परेको थियो। दोस्रो हाफको सुरुवातमै अलेजान्द्रो गार्नाचोले गोल गरे। रासमस हजल्यान्डले म्यानचेस्टरका लागि ६२ औँ मिनेटमा विजयी गोल गरे।

इङ्लिस प्रिमियर सिपका अन्य खेलमा अस्टन भिल्लाले फुलहामलाई ३-१ हराएको छ भने ब्रिङटनले न्यु क्याशललाई १-० ले पराजित गरेको छ। लिसेस्टरले साउथहम्टनलाई ३-२ ले हराउँदा एभरटनले इप्सविचलाई २-० ले पराजित गरेको छ।