खेलकुद

बोर्नमाउथसँग २-० ले पराजित हुँदा आर्सनललाई उपाधि यात्रामा धक्का

By खबरहब

October 20, 2024

काठमाडौं – इङ्लिस प्रिमियर सिपको शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित आर्सनल बोर्नमाउथसँग २-० ले पराजित भएको छ। भियाली रङ्गशालामा भएको खेलमा विलियम सालिबाले रेड कार्ड पाएका हुन्। उनको क्यारियरको यो पहिलो रेड कार्ड समेत थियो।

लियो नार्डो ट्रोसकार्डले खराब पास दिएपछि एभानिल्सनले दबाब दिएका थिए। सो दबाब रोक्ने क्रममा सालिबाले रेड कार्ड पाएका थिए।

लगातारको दबाबको सामना गरिरहेको आर्सनल ७० औं मिनेटसम्म विपक्षीलाई रोक्न सफल भए पनि नियमित समय सकिन २० मिनेट बाँकी रहँदा रेन क्रिस्टेले गोल गरे। त्यसको ९ मिनेट पछि जस्टिन क्लुभर्टले अर्को गोल गरे।

हारपछि उपाधि होडमा आर्सनलाई ठुलो धक्का लागेको छ। सत्रको पहिलो पराजयको सामना गरेको आर्सनल ८ खेलमा १७ अङ्कसहित तेस्रो स्थानमा छ। एक खेल कम खेलेका लिभरपुलको १८ तथा म्यानचेस्टर सिटीको १७ अङ्क छ। अस्टन भिल्लाको पनि १७ अङ्क छ।