३९ वर्षको उमेरमा रियलको मैदानमा प्रवेश गरेर कीर्तिमान राखेका लुका मोड्रिच। तस्बिरः बिबिसी

खेलकुद

मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित

By खबरहब

October 20, 2024

काठमाडौं – लुका मोड्रिच रियल म्याड्रिडको तर्फबाट मैदानमा उत्रने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन्। ३९ वर्षीय उनी शनिबार राति भएको स्पेनिस ला लिगाको सेल्भा भिगोसँगको खेलमा मैदानमा प्रवेश गरेपछि नै सो कीर्तिमान बनेको हो। खेलमा रियल म्याड्रिड २-१ ले विजयी भयो।

दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका उनको पासमा ६६ औँ मिनेटमा भिन्सियस जुनियरले विजयी गोल गरेका थिए।

२० औं मिनेटमा एडुवार्डो काभाभिङ्गासँगको समन्वयमा केलिएन एम्बाप्पेले पहिलो गोल गरेका थिए। ५१ औं मिनेटमा सेल्टाभिगोका विलियट स्विटबर्गले एक गोल फर्काएका थिए।

स्पेनिस ला लिगाका अन्य खेलमा एथलेटिको क्लबले इस्पानियोललाई ४-१ ले, रियल बेटिसले ओसासुनलाई २-१ ले र रियल सोसिडाडले गिरोनालाई १-० ले हराएको छ।