क्रिकेट

नेपाल र अमेरिकाको सनसनीपूर्ण खेल सुपर ओभरमा

By खबरहब

October 20, 2024

काठमाडौं – नेपाल र अमेरिकाको टी-२० आई सिरिजअन्तर्गतको दोस्रो खेल सुपरओभरमा गएको छ । सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।

सुपर ओभरमा नेपालका लागि सोमपाल कामीले सनसनीपूर्ण बलिङ गर्दै चार बल फालेर दुई विकेट लिए । अमेरिकाले सुपर ओभरमा चार बल खेलेर २ रन मात्र बनाएको हो ।

आरोन जोन्स र शायन जहाँगीरलाई सोमपालले आउट गरेका हुन् ।