समाचार

सप्तरीमा बस दुर्घटना, एक युवतीको मृत्यु, २६ घाइते

By खबरहब

October 20, 2024

सप्तरी– सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । घटनामा २६ जना घाइते भएका छन् ।

आज बिहान भएको दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको कञ्चनरुप इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ जाँदै गरेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका मध्ये ८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । बाँकी १८ घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।