खेलकुद

एक वर्षपछि मैदानमा फर्किँदै नेयमार

By खबरहब

October 20, 2024

काठमाडौं– ब्राजिलका स्टार खेलाडी नेयमार एक वर्षपछि मैदानमा फर्किने भएका छन् । उनको क्लब अल हिलालले नेयमार ठिक भएर खेल्नका लागि तयार भएको जानकारी दिएको छ ।

नेयमार अब आगामी सोमबार हुने एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युएईको क्लब अल ऐनविरुद्ध खेल्न तयार रहेका छन् । उनी टिमसँगै युएई प्रस्थान समेत गरेका छन् ।

२०२३ को अगस्तमा अल हिलाल आएकानेयमारले गत वर्षको अक्टोबरमा राष्ट्रिय टिमको खेलमा घाइते भएपछि एक वर्ष मैदानबाट बाहिर रहेका थिए ।

नेयमारले अल हिलालका लागि अहिलेसम्म केवल ५ खेल खेलेका छन् ।

च्याम्पियन्स लिगको खेल खेल्न पाए पनि साउदी प्रो लिगमा भने नेइमार जनवरी अगाडी खेल्न नपाउने भएका छन् ।

अल हिलालले नेयमारको इन्जुरी ठिक हुने सुनिश्चितता नभएपछि विदेशी खेलाडीको कोटामा अन्य खेलाडीलाई लिगमा दर्ता गरेको छ । त्यसैले नेयमार साउदी लिगमा फर्किन भने जनवरीसम्म पर्खिनुपर्ने भएको छ । यस बिचमा उनले ब्राजिलको राष्ट्रिय टिममा कमब्याक भने गर्ने भएका छन् ।

अल हिलालसँग नेयमारको आगामी जुनसम्म सम्झौता रहेको छ ।