समाचार

कास्कीमा भिड नियन्त्रण गर्न प्रहरीद्वारा बल प्रयोग

By खबरहब

October 20, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतमा उपस्थित गराइदा कास्की जिल्ला अदालत आसपासमा तनाव भएको छ ।

रविको पक्षका बाक्लो दर्शनकारी जम्मा भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीद चोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारीले विरोध जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ संशोधनसहित को दफा ६ को उपदफा ३ ९क०  बमोजिम बिहान पौने १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए ।

त्यसपछि प्रदर्शन कारीले जबरजस्ती गर्न खोजेपछि  उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रहरीले पानीको फोहोरा प्रहार गरिको हो।

यता प्रदर्शन कारीले भने अश्रुग्याँस पनि प्रयोग गरेको दाबी गरेका छन् । तर भिडियोमा पानीको फोहोरा प्रयोग भएको देखिन्छ ।

यतिखेर प्रदर्शनकारीले गृहमन्त्री रमेश लेखक तथा प्रधानमन्त्री ओलीको समेत राजीनामा मागेका छन् ।