देश/प्रदेश

कुवामा डुबेर एक जनाको मृत्यु

By खबरहब

October 20, 2024

तुलसीपुर– कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आइतबार बिहान कुवामा डुबेर मृत्यु भएको हो ।

आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

चौधरीकी भाउजू आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताइन् । प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।