समाचार

समाधान भयो वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या 

By खबरहब

October 20, 2024

काठमाडौं– वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भई सेवाप्रवाह सञ्चालन भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भई सेवा प्रवाह सुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरूका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो ।

प्रवक्ता ढकालले भने, ‘वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो । आज समस्या समाधानपछि सेवा सुरु भइसकेको छ ।’

सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भए पनि इमेल तथा भौतिक रूपमा उपस्थित भई दिएको निवेदन भने सङ्कलन निरन्तर रूपमा भइरहेको उनले बताए ।