समाचार

समाजमा एकरूपता ल्याउनका लागि समावेशी अभ्यास अपरिहार्य : सञ्चारमन्त्री गुरुङ

By खबरहब

October 20, 2024

काठमाडाैं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विविधतायुक्त समाजमा एकरूपता ल्याउन समावेशी अभ्यास अपरिहार्य रहेको बताएका छन्  ।  उनले समावेशी अभ्यास बलियो हुँदा समाजमा सबै वर्गले अपनत्व महसुस गर्न पाउने बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले शान्त, समृद्ध, सुसभ्य, र विवादरहित समाज निर्माण गर्न समावेशिता जरुरी रहेको उल्लेख गरे ।

‘राज्यको सत्ता र स्रोतमा सबैको पहुँच पुग्नुपर्छ’, मन्त्री गुरुङले भने, ‘संसारमा भएका अभ्यासमध्ये नेपालमा लोकतान्त्रिक अभ्यास भइरहेको छ, यसले सबै भाषा, धर्म, समुदाय, वर्गलाई समेटेको छ । आजको दिनसम्म सबैभन्दा व्यवस्थित खालको लोकतन्त्र भनेको समावेशी लोकतन्त्र नै हो ।’