ब्रेकिङ स्टोरी

रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति 

By खबरहब

October 20, 2024

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा  राख्न अनुमति दिएको छ ।

सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई ६ दिन हिरासतमा  राख्न अनुमति दिएको हो ।

उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । त्यसपछि  न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।

गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका परेका उनीलाई शनिबार ३ बजे कास्की प्रहरी कार्यालय पुर्‍याइएको थियो ।

यो पनि..

रवि लामिछानेको बयान सकियो, ५ दिनको म्याद थप्न माग

रविको आरोप – सबैभन्दा ठूलो भ्रष्टाचारको जगमा केपी ओली !

अदालतको ढोकाबाट रविले भने, ‘ओली सरकार नढलेसम्म देशले दु:ख पाउँछ’