बलिउड/हलिउड

विवाहको ६ वर्षपछि बुवा बने प्रिन्स

By खबरहब

October 20, 2024

काठमाडौं- विभिन्न टेलिभिजन कार्यक्रमबाट लोकप्रियता कमाएका भारतीय मोडल तथा कलाकार प्रिन्स निरुला बुवा बनेका छन् । विवाहको ६ वर्षपछि उनकी श्रीमति युविका चौधरीले छोरीको जन्म दिएकी हुन् ।

भारतीय मिडिया टाइम्सअफ इन्डियाका अनुसार युविकाले शनिबार साँझ छोरीका जन्म दिएकी हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले एक पोस्ट सेयर गर्दै आफू छोरीको बुवाका बनेको जानकारी दिएका छन् ।

प्रिन्स र युविका भारतीय टेलिभिजनको चर्चित जोडी हो । उनीहरुको भेट बिग बोस सिजन-९ का दौरान भेट भएको थियो । प्रिन्स सो सिजनको विजेता समेत हुन् ।

सन् २०१५ मा भेट भएपछि उनीहरु प्रेम सम्बन्धमा बसेका थिए । सन् २०१८ उनीहरुले विवाह गरेका थिए ।

प्रिन्स स्प्लिटभिल्ला सिजन ८ र एमटीभी रोडिज सिजन १२ कासमेत विजेता हुन् । हाल उनी रोडिजको ग्याङ लिडर हुन् ।