अन्तर्राष्ट्रिय

हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

By खबरहब

October 20, 2024

जेरूसेलम – लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ ।

उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खलाका कारण लागेको डढेलो निभाउन अग्निनियन्त्रकहरूले काम गरिरहेका छन्। यसअघि इजरायली सेनाले लेबनानको दक्षिणी बेरुतमा रहेको हिजबुल्लाहको गुप्तचर मुख्यालयमा गरेको आक्रमणमा तीन जना ‘प्रमुख’ अधिकारीको मृत्यु भएको अलजजिराले जनाएको छ ।

इजरायली सेनाले उक्त आक्रमणमा हेजबुल्लाहका प्रमुख व्यक्तित्वहरु एहाग अब्बास सलामेह, रचा अब्बास इचा र अहमद अली हसिनको मृत्यु भएको जनाएको छ ।लेबनानको राजधानीमा रहेको भूमिगत हतियार कारखानामा भएको कारबाहीमा उनीहरूको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

यसैबीच इजरायलले हिजबुल्लाहले इजरायली नागरिकमाथि आतङ्क मच्चाइरहेको र आईडीएफले ३७८ दिनसम्म निरन्तर आक्रमण गरिरहेको जनाएको छ ।