काठमाडौं- असरल्ल तार र बिजुलीका पोल हटाएपछि काठमाडौंको न्यूरोड क्षेत्र सफा र चिटिक्क देखिएको छ ।
लामो समयको प्रयासपछि काठमाडौं महानगरपालिका वडा नं. २४ को शुक्रपथ क्षेत्र तार र बिजुलीको पोलरहित भएको हो ।
त्यसक्षेत्रमा काठमाडौं महानगरपालिकाले सडक घटाएर फुटपाथ विस्तार गरेको थियो । तर फुटपाथको बीचमा रहेका बिजुलीका पोल हटाउन बाँकी थिए ।
ती बिजुलीका पोल र असरल्ल झुन्डिएका इन्टरनेटसहिका तार हटाएपछि न्यूरोड क्षेत्र सफा देखिएको हो ।
फुटपाथबाट बिजुलीका पोल पनि हटाएपछि सर्वसाधारणले हिँड्न पनि अब सहज भएको छ । अहिले उक्त क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तार सबै भूमिगत गरिएको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।