ब्रेकिङ स्टोरी

युगाण्डाबाट प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

By खबरहब

January 21, 2024

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।

युगाण्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री दाहाल आज बिहान स्वदेश आइपुगेका हुन् ।

युगाण्डाबाट नेपाली समयानुसार आज बिहान पौने ३ बजे कतारको दोहा अवतरण गरेका प्रधानमन्त्री बिहान सवा ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्  ।

सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल गत बुधबार युगाण्डाको राजधानी कम्पाला पुगेका थिए ।

यसैबीच, प्रधानमन्त्री दाहालको स्वदेश फिर्तीको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान र अवतरण आधा घण्टाको लागि बन्द गरिएको थियो ।