ब्रेकिङ स्टोरी

संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्ने

By खबरहब

January 21, 2024

काठमाडौँ– सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्ने भएका छन् ।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका हुन् ।

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुखले सभापतिहरूसँग छलफल गर्न लागेका हुन् ।

संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाई सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन् ।