ब्रेकिङ स्टोरी

टीआरसी विधेयक आगामी संसद अधिवेशनबाट टुंग्याइन्छ : प्रधानमन्त्री

By खबरहब

January 21, 2024

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी काम छिट्टै अघि बढने बताएका छन् ।

असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगाण्डाबाट आज स्वदेश फर्किए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक लगायत अघि बढ्ने बताएका हुन् ।

उनले संसदको हिउँदे अधिवेशनबाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने स्पष्ट पारे ।

प्रधानमन्त्री दाहालले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने संकेत गरे ।

उनले भने, ‘आफूले टार्गेट दिएर मन्त्रीहरूलाई काममा लगाएको र पूरा नगरे राम्रो हुँदैन भनिसकेको छु ।’