समाचार

विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख

By खबरहब

January 21, 2024

काठमाडौं– सभामुख देवराज घिमिरे र विषयगत समितिका सभापतिहरूसँग छलफल जारी रहेको छ ।

संसद् न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाई सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन् ।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका थिए।

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुखकाे सभापतिहरूसँग छलफल भइरहेको उनले जनाएका छन् ।