सांकेतिक तस्बिर

अपराध

श्रीमतीको हत्या आराेपमा श्रीमान् पक्राउ

By खबरहब

January 21, 2024

दाङ– आफ्नै श्रीमतीको हत्या गरेको आराेपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  तुलसीपुर उपमहानगरपालिका-४ तल्लो हलवार बस्ने ४३ वर्षीय पेण्डुवा चौधरी रहेका प्रहरीले जनाएकाे छ ।

चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको आराेपमा शनिबार राति प्रहरीले पक्राउ गरेको हाे ।

मादक पदार्थ सेवन गरेका पेण्डुवाले स्टिलको रड प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी खाद्रे र अस्थायी प्रहरी पोष्ट पर्सनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले छ ।